मेरो अभिव्यक्तिबारे बबन्डर मच्चाउन खोजियो, यसबाट केही पनि हुँदैन : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

मेरो अभिव्यक्तिबारे बबन्डर मच्चाउन खोजियो, यसबाट केही पनि हुँदैन : प्रधानमन्त्री प्रचण्ड


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् ।

बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबाट विपक्षीहरुको पूर्वाग्रह देखिएको टिप्पणी गरे । उनले विपक्षको पूर्वाग्रहबाट केही पनि नहुने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले आफूले उनले बोलेको कुरालाई नै आफूले भनेको बताए ।

कार्यक्रममा उनले भने, ‘अब आज म सुन्दैछु, एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उनले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उनले बोलेको ।’

‘मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो ।’ उनले भने, ‘अब त्यसलाई उचालेर फेरि एकपटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला नै छ ।’

त्यसबाट केही नहुने भन्दै उनले विपक्षीमा कति धेरै विक्षिप्तता र पूर्वाग्रह रहेको प्रष्ट हुने बताए ।

यसअघि सोमबार एक कार्यक्तममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह दिल्ली जाने गरेको बताएका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ३ : १२ बजे

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको