प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग्नु संसदीय मर्यादाविपरित : मन्त्री बस्नेत « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग्नु संसदीय मर्यादाविपरित : मन्त्री बस्नेत


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादाविपरित रहेको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आशय बुझ्न संसदले आवश्यक ठाने प्रधानमन्त्रीसँग बुझ्ने अधिकार संसदले राख्ने भएपनि आशय नै नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित रहेको बताएका हुन् ।

उनले संसदीय प्रक्रियालाई नै छाडेर संसद अवरुद्ध गर्नु उचित नभएको उल्लेख गरे । प्रधानमन्त्रीले आफ्नो कुरा नभनेको र प्रीतम सिंहले ठीक गरे भनेर नभनेको भन्दै यसलाई अतिरञ्जीत गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

उनले व्यक्तिगत रुची र शुभेच्छालाई लिएर विवाद गनुपर्ने कारण नै नरहेको बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र