श्रीलङ्कामा ५० हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिए « Khabarhub

श्रीलङ्कामा ५० हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिए


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । देशको स्वास्थ्य मन्त्रालयले तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो । गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन् ।

यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो । स्वास्थ्य मन्त्रालयले डेङ्गुको उच्च जोखिममा रहेका ४३ वटा क्षेत्र पहिचान गरी लामखुट्टे उन्मूलन अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननलाई प्रोत्साहन गर्ने जनाउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ । श्रीलङ्कामा गत वर्ष ७६ हजारभन्दा बढी डेङ्गुबाट पीडित भएका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : ४१ बजे

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम