चार वर्षमा जम्मु कश्मीरको खेलकुदमा उल्लेखनीय रुपान्तरण « Khabarhub

चार वर्षमा जम्मु कश्मीरको खेलकुदमा उल्लेखनीय रुपान्तरण


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारत प्रशासित जम्मु कश्मीरको खेलकुद क्षेत्रमा बितेका चार वर्षमा उल्लेखनीय रुपान्तरण भएको छ । राज्यका युवाले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो उत्कृष्ट सीप प्रदर्शन गरेर खेलकुदमा भएको रुपान्तरणलाई पुष्टि गरेका छन् ।

ढुङ्गा हान्ने, चरमपन्थीसँग सङ्गत गर्ने र आतङ्कवादी गतिविधिमा संलग्न हुने आक्षेप खेप्दै आएका राज्यका युवालाई केन्द्र सरकार र जम्मु कश्मीर प्रशासनले खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शनको पर्याप्त अवसर प्रदान गरेसँगै धुमिल बनेको उनीहरूको छविले प्रतिष्ठा पाएको हो ।

रचनात्मक कार्यमा युवालाई सरिक गराउने सरकारी नीतिका कारण विगत चार वर्षमा अब्दुल मसाद, उमरान मलिक, वोरन्थ शर्मा, अविनाश सिंह र युद्ववीर सिंहलगायत पाँच जना क्रिकेटरले इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने अवसर पाएका छन् भने उमरान मलिक अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप छोड्ने भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलरको परिचय बनाउन सफल भएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सरकारले पञ्चायत तहमा उत्कृष्ट खेलकुद पूर्वाधार उपलब्ध गराउने योजना बनाएसँगै गाउँदेखि केन्द्र शासित प्रदेश तहसम्म वर्षभर खेलकुद गतिविधि सञ्चालन भएका छन् । चार वर्षयता पूर्वाधार निर्माणको ठूलो योजना पनि कार्यान्वयन भइरहेका छन् ।

क्रिकेट र फुटबलजस्ता खेलकुदमा मात्रै नभई विगतमा उपेक्षित भलिबल, खो खो, कबड्डीजस्ता खेललाई पनि उत्तिकै महत्व दिइएको छ । त्यसैगरी जम्मु कश्मीरका लागि खेलकुद बजेट देशका धेरै ठूला राज्यहरूभन्दा बढी विनियोजन गरिएको छ । त्यसैगरी जम्मु कश्मीरमा खेलकुद पूर्वाधारलाई उच्च प्राथमिकताका साथ विस्तार गरिएको छ ।

विगतका सरकारको कमजोर नीतिका कारण जीर्ण बनेको बक्षी रङ्गशाला रु ५९ करोडको लागतमा स्तरोन्नति गरिएको छ । दशकौंदेखि युवाको केन्द्रबिन्दु बनेको रङ्गशालाले धेरै स्थानीय खेलाडीलाई देशभर प्रसिद्ध बनाइरहेको छ ।

“यो स्टेडियमले लाखौँको जीवनमा खेलकुदको भावनालाई प्रेरित गर्‍यो र यो विरासत नयाँ पुस्तामा हस्तान्तरण भएको छ। यहाँको खेलकुद क्षेत्रको विकासमा विशेष प्रयास भएको छ, यसलाई द्रुत गतिमा अघि बढाउन तथा विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन गर्न तल्लो तहका युवालाई विश्वस्तरको सुविधा र प्रशिक्षणको व्यवस्था गरिएको छ,” खेलकुद क्षेत्रका जानकार रहेका जम्मु कश्मीरका उपराज्यपाल मनोज सिन्हा भन्छन् । जम्मु कश्मीरलाई देशको खेलकुद केन्द्र बनाउनका सम्बद्ध अधिकारीले आफ्नो प्रयास दोब्बर गरिरहेका उनी बताउँछन् ।

जम्मुको मौलाना आजाद रङ्गशालालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मापदण्डअनुसार र श्रीनगरको बक्षी रङ्गशालालाई अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को मापदण्डअनुसार स्तरोन्नति गरिएको छ । एशियाली खेलकुदलगायत अन्तर्राष्ट्रिय एवम् क्षेत्रीयस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने लक्ष्यका साथ राज्यमा प्रधानमन्त्री विकास कोषअन्तर्गत रु दुई अर्ब लगानी गरेर खेलकुदका अन्य पूर्वाधारलाई पनि विश्वस्तरका बनाउने प्रयास भइरहेको सिन्हा बताउँछन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : ०८ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।