मकवानपुरमा मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने बेकरीमा सिलबन्दी « Khabarhub

मकवानपुरमा मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने बेकरीमा सिलबन्दी


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरमा अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ । यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक बेकरी उद्योगमा सिलबन्दी गरिएको छ । यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसहित घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा रहेको खश्बु बेकरी उद्योगमा सिलबन्दी गरेको हो । सो उद्योगले नापतौल यन्त्रको अनुमतिपत्र नलिएको, उत्पादित खाद्यपदार्थमा लेबल नलगाएको, उद्योगमा सरसफाइ नगरेको र उत्पादित खाद्य सामग्रीको अनुज्ञापत्र नलिएको पाइएपछि टोलीले उद्योगमा सिलबन्दी गर्नुका साथै  जरिवानासमेत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टीका शर्माले जानकारी दिए।

अनुगमन टोलीले सो उद्योगले गैरकानुनी तथा उपभोक्ता हितविपरीत काम गरेकाले रु दुई लाख ५० हजार जरिवाना गर्नुका साथै तीन दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । टोलीले बस्तीपुरस्थित सन्तोष किराना पसल, न्यु पराजुली स्टोर्स र दोर्जे सिन्तानको किराना तथा मासु पसललाई जनही रु १० हजारका दरले  जरिवाना गरेको छ ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलगायत सहभागी थिए ।  

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : ४३ बजे

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री

मौन बसेरै रघुजीले जिते उपाध्यक्ष

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम

काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको