पाकिस्तानमा हिन्दू व्यापारीको अपहरण, पाँच करोड फिरौती माग « Khabarhub

पाकिस्तानमा हिन्दू व्यापारीको अपहरण, पाँच करोड फिरौती माग


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानमा एक जना हिन्दू व्यापारी अपहरणमा परेका छन् । पाकिस्तानको सिन्ध प्रान्तस्थित कश्मोर जिल्लाबाट अपहरण गरिएका ती हिन्दू व्यापारीका अपहरणकारीहरूले रिहाइका लागि पाँच करोड पाकिस्तानी रुपैयाँ फिरौती मागेका छन् ।

जगदीश कुमार मुक्की नामक ती व्यापारीलाई अज्ञात अपहरणकारीहरूले अपहरण गरेको बताइएको । अपहरित व्यापारीलाई क्रूर यातना दिइएको छ । उनलाई गत जुन २० मा अपहरण गरिएको हो । मुक्कीको परिवारले कश्मोरमा रहेको प्रहरी चौकी र कराँचीको प्रहरी मुख्यालयमा उजुरी दिएका थिए ।

जुलाई ३१ मा छोरालाई प्राप्त एक भिडियोमा अपहरणमा परेका मुक्कीलाई घाँटी र हातखुट्टामा सिक्रीले बाँधेर कुटपिट गरेको देख्न सकिन्छ । उक्त भिडियोमा पीडितले अपहरणकारीसँग हारगुहार गरिरहेको पनि देख्न सकिन्छ ।

पछिल्लो समय पाकिस्तनमा हिन्दूसहित अन्य धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकविरुद्ध ज्यादती र दमन बढ्दै जान थालेको मानव अधिकारवादी संस्थाहरु बताउँछन् । उनीहरुविरुद्ध ईशनिन्दाको झूठो आरोपमा पक्राउ गरी दुःख दिने क्रम बढ्दै जान थालेको छ । यसबाहेक पाकिस्तानमा गैरमुसलमानललाई करकापमा पारेर जबरजस्ती धर्मपरिवर्तन गर्ने क्रम पनि बढ्दै गएको छ ।

यसबाहेक पाकिस्तानमा अहमदिया सम्प्रदाय मान्ने मुसलमानहरुको प्रार्थानास्थल, उनीहरुको चिहानजस्ता स्थानमा तोडफोड गरिएका घटनापति बारम्बार सार्वजनिक हुँदै आएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको