पाकिस्तानमा हिन्दू व्यापारीको अपहरण, पाँच करोड फिरौती माग | Khabarhub Khabarhub

पाकिस्तानमा हिन्दू व्यापारीको अपहरण, पाँच करोड फिरौती माग


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानमा एक जना हिन्दू व्यापारी अपहरणमा परेका छन् । पाकिस्तानको सिन्ध प्रान्तस्थित कश्मोर जिल्लाबाट अपहरण गरिएका ती हिन्दू व्यापारीका अपहरणकारीहरूले रिहाइका लागि पाँच करोड पाकिस्तानी रुपैयाँ फिरौती मागेका छन् ।

जगदीश कुमार मुक्की नामक ती व्यापारीलाई अज्ञात अपहरणकारीहरूले अपहरण गरेको बताइएको । अपहरित व्यापारीलाई क्रूर यातना दिइएको छ । उनलाई गत जुन २० मा अपहरण गरिएको हो । मुक्कीको परिवारले कश्मोरमा रहेको प्रहरी चौकी र कराँचीको प्रहरी मुख्यालयमा उजुरी दिएका थिए ।

जुलाई ३१ मा छोरालाई प्राप्त एक भिडियोमा अपहरणमा परेका मुक्कीलाई घाँटी र हातखुट्टामा सिक्रीले बाँधेर कुटपिट गरेको देख्न सकिन्छ । उक्त भिडियोमा पीडितले अपहरणकारीसँग हारगुहार गरिरहेको पनि देख्न सकिन्छ ।

पछिल्लो समय पाकिस्तनमा हिन्दूसहित अन्य धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकविरुद्ध ज्यादती र दमन बढ्दै जान थालेको मानव अधिकारवादी संस्थाहरु बताउँछन् । उनीहरुविरुद्ध ईशनिन्दाको झूठो आरोपमा पक्राउ गरी दुःख दिने क्रम बढ्दै जान थालेको छ । यसबाहेक पाकिस्तानमा गैरमुसलमानललाई करकापमा पारेर जबरजस्ती धर्मपरिवर्तन गर्ने क्रम पनि बढ्दै गएको छ ।

यसबाहेक पाकिस्तानमा अहमदिया सम्प्रदाय मान्ने मुसलमानहरुको प्रार्थानास्थल, उनीहरुको चिहानजस्ता स्थानमा तोडफोड गरिएका घटनापति बारम्बार सार्वजनिक हुँदै आएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ११ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा