भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा | Khabarhub Khabarhub

भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ आज भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ ।

भक्तपुर नगरपालिकाले ऐतिहासिक एवं सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउनुहुने आन्तरिक एवं बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाबारे परिचित गराउने र सम्पदा संरक्षणकार्यमा उत्साहित गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको जनाएको छ ।

नगरपालिकाको वडा नं ९ स्थित लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा–ग्वंग पुखु–क्वाठडौँ पुखु–तिनाछें–सलां गणेश पुखु–बसिकुलां नाग पुखु–दुगुमला–भोलाछें पुखु–अंचा पुखु– ब्यासी पुखु– ख्यो पुखु ९धवाहिटी पुखु० कालदह पुखु– नः पुखु– तः पुखु ९सिद्ध पोखरी० हुँदै सल्लाघारीस्थित न्हुपुखु (रानी पोखरी)मा पुगेर समापन भएको थियो ।

नगरपालिकाले यसअघि पनि सम्पदाको प्रचारप्रसार गरी पर्यटन उद्योगको प्रवर्द्धनका लागि पटक–पटक सांस्कृतिक सम्पदा पदयात्रा गरिसकेको छ । यसपटकको सम्पदा पदयात्राको मुख्य उद्देश्य नगरका पोखरी पर्यटकलाई परिचित गराउनु रहेको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

“यहाँका सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पुर्खाले सिर्जेको सम्पत्तिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति नगरपालिकाले लिँदै आएको छ । भक्तपुर महोत्सवको तयारीका रूपमा पनि सम्पदा पदयात्रा कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइएको हो,” उनले भने ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका पोखरीको उपयोगिताबारे प्रष्ट पार्दै पोखरी ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण सम्पदाका रूपमा रहेको बताए । “पुरानो सम्पदालाई नयाँ किसिमले उपयोग गर्ने नगरपालिकाको सोच छ । पोखरीले वरिपरिको वातावरण सफा र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ”, उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले मानव सभ्यताको विकास सँगसँगै मूर्त र अमूर्त सम्पदाको विकास भएको बताउँदैै यस किसिमको कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पदयात्राको क्रममा सांस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनको प्रदर्शनी तथा बिक्री केन्द्रसमेत राखिएको थियो ।

पदयात्रामा स्थानीय बाजागाजा र सांस्कृतिक झाँकीसहित मौलिक पहिरनमा सहभागी भएका थिए । पदयात्रालाई ठाउँ–ठाउँमा स्थानीयले स्वागतसमेत गरेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : १४ बजे

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना

उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले