होटल व्यवसायी संघ महोत्तरीको नेतृत्वमा गुन्ज कार्की निर्वाचित  « Khabarhub

होटल व्यवसायी संघ महोत्तरीको नेतृत्वमा गुन्ज कार्की निर्वाचित 


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको चौथो अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । गत १८ भदौमा भएको साधारणसभाले गुन्ज कार्कीको नेतृत्वमा २१ जनाको कार्यसमिति चयन गरेको हो ।

विधानअनुसार बनेको कार्यसमितिमा ३ जनालाई उपाध्यक्षमा नै निर्वाचित गरिएको छ । जसअनुसार निर्वाचित हुनेहरूमा प्रथम उपाध्यक्ष अमित श्रेष्ठ, दृतिय उपाध्यक्ष बलराम श्रेष्ठ र तृतीय उपाध्यक्षमा मीन बहादुर थापा रहेको निर्वाचन मण्डलले जानकारी दिएको हो ।

यसैगरी महासचिवमा नारायण घिमिरे, सचिवमा परमेश्वर महतो, स-सचिव अमृत श्रेष्ठ, कोषाध्यक्षमा विमल भण्डारी, स-कोषाध्यक्षमा धनेश्वर साह चयन भएका छन । सदस्यहरूमा भने १२ जना निर्वाचित भएको नवनिर्वाचित महासचिव नारायण घिमिरेले जानकारी दिए ।

निर्वाचित हुने सदस्यहरूमा आरती घिमिरे, मिरा पराजुली, कमला कोइराला, बिनोद भण्डारी, मुकेश साह, साविर हुसेन, रोसन कार्की, ज्ञानबहादुर राउत, सन्तोष श्रेष्ठ, विश्वास ढुंगेल, उमेश महतो र हर्क बहादुर दाहाल रहेका छन ।

यसअघि कार्यकाल सुदीप कार्कीले नेतृत्व गरेका थिए । उनलाई  साधारणसभाले पदेन्न सदस्यमा मनोनित गरेको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ३३ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश