इन्डोनेशियाको राजधानी जकार्तामा आसियानको शिखर सम्मेलन सुरु « Khabarhub

इन्डोनेशियाको राजधानी जकार्तामा आसियानको शिखर सम्मेलन सुरु


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जकार्ता- दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानको ४३औँ शिखर सम्मेलन इन्डोनेशियाको राजधानी जकार्तामा सुरु भएको छ ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरे ।

आसियानका अध्यक्ष उनले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गरे ।

आगामी तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले समुदाय र संस्थाको रूपमा आसियानको भविष्यको खाका तयार गर्ने, सङ्गठनलाई अझ गतिशील तुल्याउने तथा क्षेत्रीय आर्थिक वृद्धिका विषयलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मारमा जारी सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि म्यान्मारमा दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका छन् ।

साथै उनीहरूले दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । चीनले हालै प्रकाशन गरेको राजनीतिक नक्साबारे पनि बैठकमा छलफल भएको थियो । उक्त नक्साले विवाद बढाउने नेताहरूले निष्कर्ष शीर्ष निकालेका छन् ।

म्यान्मारको सैनिक सरकारले अन्तर्राष्ट्रिय आलोचनालाई बेवास्ता गरेको र आफ्ना विपक्षीहरूसँग संलग्न हुन अस्वीकार गरेकोले आसियान नेताहरूले एकताबद्ध भएर अघि बढ्ने अडान राख्ने प्रयास गर्ने तथा तत्काल हिंसा अन्त्य गर्न पुनः वार्ता थाल्न सुझाएका छन् ।

शिखर सम्मेलनमा अनुपस्थित रहेको म्यान्मार आसियानको आगामी अध्यक्ष नहुने प्रायः पक्का भएको एएफपीले प्राप्त गरेको एक दस्तावेजमा जनाइएको छ । फिलिपिन्सले सन् २०२६ मा म्यान्मारबाट आसियानको अध्यक्षता लिने घोषणा हुने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म आयोजना हुने शिखर बैठकका सिलसिलामा विश्व शक्ति राष्ट्रका सरकार प्रमुख एवं तिनका प्रतिनिधिसँग पनि आसियान नेताहरूले भेटवार्ता गर्ने परम्परा छ । अमेरिका र चीनबीच स्वतन्त्र व्यापार, जलवायु परिवर्तन र विश्वव्यापी सुरक्षालाई लिएर छलफल हुनेछ । चिनियाँ प्रधानमन्त्री, अमेरिकी उपराष्ट्रपति तथा रुसी विदेशमन्त्री आ–आफ्नो देशका सरकार प्रमुखको प्रतिनिधित्व गर्दै जाकार्तामा भेला हुने कार्यक्रम छ ।

आसियान राष्ट्र/सरकार प्रमुखको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आसियान विदेशमन्त्रीहरूको बैठक भएको थियो । इन्डोनेसियाका राजनीतिक, कानुनी र सुरक्षा मामिलाको प्रभारी संयोजक मन्त्री मोहम्मद महफुदले म्यान्मार सङ्कट समाधानका प्रयासमा उल्लेख्य प्रगति नहुँदा आसियान समुदायको शक्तिलाई एकपछि अर्को चुनौती थपिएको बताउँदै त्यसले सङ्गठनमा नकारात्मक प्रभाव पारेको बताए । उनले भूराजनीतिक तनाव र प्रतिद्वन्द्वीताले थप द्वन्द्व निम्त्याउने चेतावनी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : ४९ बजे

जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल– वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण

हरित अर्थतन्त्रमा दलहरूको दृष्टिकोण : वन संरक्षणदेखि उपभोगसम्मका प्रतिस्पर्धी ‘एजेन्डा’

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।