लोडसेडिङका कारण क्याम्पसमा पढाउन समस्या « Khabarhub

लोडसेडिङका कारण क्याम्पसमा पढाउन समस्या


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिमकोट- हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ ।

विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाई सञ्चालन गर्न मोबाइलको टर्च बाल्नु पर्ने अबस्था आइपरेको क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए । हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ थियो ।

बिहान ६ बजेदेखि पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको छ ।

प्राध्यापक शर्माले भने, “यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ । आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ । क्याम्पसमा चार वटा कक्षा यसरी नै चल्दै आएका छन् ।”

सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न गर्न नसकिएको क्याम्पस प्रमुख प्रमुख दीपक भण्डारीको भनाइ थियो । उक्त वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा नसकिने जवाफ आएको उनले बताउनुभयो । उक्त क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ ।

स्ववियुको निर्वाचन पछि उक्त क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गरे । शिक्षकलाई पनि पढाउन समस्या छ, हामीलाई पनि समस्या बनाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ३ : २२ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा