इलामको कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र « Khabarhub

इलामको कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

 इलाम- इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो ।

विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र रु १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनियर आशिष सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो ।

पहिलो चरणमा आर्थिक वर्ष २०७६/७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको सम्झौता भएको थियो । सडक कालोपत्रसहितको काम बाँकी रहेको छ ।

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०/८१ मै अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए । उनले भने, “बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ ।”

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभइ देशकै लागि गौरवको विषय भएको बताए । उक्त स्थानमा चिया सङ्ग्राहलय, चिया परीक्षण, चिया बिक्री कक्ष, सभाहललगायत संरचना रहेका छन् ।

नगरप्रमुख राईले भने, “चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्न आउनेका लागि ठाउँ तयार भएको छ ।” केन्द्र निर्माणले नगरको आन्तरिक आम्दानीसमेत बढ्ने उनले बताए ।

अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिनेछ । सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ । कोशी प्रदेशको पर्यटकीय नगरी सूर्योदयका अधिकांश नागरिक चिया खेतीमा आवद्ध छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ३ : ४४ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर