इलामको कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र « Khabarhub

इलामको कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र


१९ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

 इलाम- इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो ।

विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र रु १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनियर आशिष सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो ।

पहिलो चरणमा आर्थिक वर्ष २०७६/७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको सम्झौता भएको थियो । सडक कालोपत्रसहितको काम बाँकी रहेको छ ।

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०/८१ मै अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए । उनले भने, “बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ ।”

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभइ देशकै लागि गौरवको विषय भएको बताए । उक्त स्थानमा चिया सङ्ग्राहलय, चिया परीक्षण, चिया बिक्री कक्ष, सभाहललगायत संरचना रहेका छन् ।

नगरप्रमुख राईले भने, “चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्न आउनेका लागि ठाउँ तयार भएको छ ।” केन्द्र निर्माणले नगरको आन्तरिक आम्दानीसमेत बढ्ने उनले बताए ।

अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिनेछ । सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ । कोशी प्रदेशको पर्यटकीय नगरी सूर्योदयका अधिकांश नागरिक चिया खेतीमा आवद्ध छन् ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ३ : ४४ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य