बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन निर्देशन « Khabarhub

बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन निर्देशन


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन प्रतिबद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सभापति पोखरेलले विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिए ।

उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन पनि आग्रह गरे । सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गरे ।

समितिका २७ जना सांसदहरुले काममा गति दिनसके समितिको काम प्रभावकारी हुने बताए । उनीहरुले समितिले तत्काल बेरुजु, महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको बताए ।

उनले समितिमा पर्ने उजुरीहरुको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको बताए । बैठकमा एमाले सांसद योगेश भट्टराईले राजनीतिक दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरूको आर्थिक व्यवहारलाई पनि संसदीय समितिले हेर्नुपर्ने बताए । सांसद भट्टराईले लेखा समितिले राजनीतिक दलसँग सम्बन्धित विषयलाई पनि आफ्नो क्षेत्राधिकारभित्र राख्नु पर्ने बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : २८ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश