धनगढी उपमहानगरपालिकाविरुद्ध मानहानी मुद्दा दायर « Khabarhub

धनगढी उपमहानगरपालिकाविरुद्ध मानहानी मुद्दा दायर


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलाली जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिका विरुद्ध मानहानी मुद्दा दायर भएको छ ।

मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरिएको जनाइएको छ । रिटमाथि बिहिबार बहस तोकिएको रिट दायरकर्ता पाठकले बताए ।

जिल्ला अदालत सम्झौताविपरीत कुनै काम नगर्न र नगराउन आदेश दिए पनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको थियो । अदालतको आदेशविपरीत उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको हो ।

जिल्ला न्यायधीश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबीच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौताविपरीतको कुनै पनि कार्य नगर्नु नगराउन भनी मुलुकी देवानी संहिता २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयुक्त आदेश जारी गरिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनू ।’

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन