भारतको चन्द्रयान–३ मिसन पूरा, प्रज्ञान रोभर ‘स्लिपिङ मोड’मा « Khabarhub

भारतको चन्द्रयान–३ मिसन पूरा, प्रज्ञान रोभर ‘स्लिपिङ मोड’मा


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चन्द्रयान अभियान–३ अन्तर्गत काम गरिरहेको रोभरले आफ्नो असाइनमेन्ट (काम) पूरा गरेको छ । रोभर अहिले स्लीपिङ मोडमा गएको छ ।

भारतीय रक्षा अनुसन्धान सङ्गठन ९इसरो० ले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा यसबारे जानकारी दिँदै भनेको छ, ‘चन्द्रयान–३ अन्तरिक्षयानको रोभर प्रज्ञान ‘स्लिप मोड’ मा गएको छ । तर यसको ब्याट्री चार्ज छ र रिसिभर अन छ ।’

इसरोले लेखेको छ, ‘आशा छ कि प्रज्ञान रोभर कुनै अन्य असाइमेन्टका लागि जागा हुनेछ । यो रोभर त्यहाँ भारतको चन्द्र राजदूतको रूपमा सधैँ रहिरहनेछ ।’

प्रज्ञान चन्द्रमाको सतहमा १०० मिटरसम्म हिँड्यो । यसले सल्फर, फलाम, अक्सिजन र अन्य तत्त्वहरूको उपस्थिति पुष्टि गरेको छ ।

चन्द्रयान–३ मिसनको सफलतासँगै भारत, अमेरिका र पूर्व सोभियत सङ्घसँगै चन्द्रमाको सतहमा अवतरण गरेका देशहरूको क्लबमा सामेल भएको छ ।तर, चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान अवतरण गर्न सफल हुने पहिलो देश भारत हो । यसअघि रुसको चन्द्रमा मिसन दुर्घटनाग्रस्त भएको थियो ।

स्रोतः एनआई

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : १७ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति