ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै रेडहर्ष फाइनलमा प्रवेश « Khabarhub

ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै रेडहर्ष फाइनलमा प्रवेश


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा इलामका आशिष राईले एक गोल गर्दै सुरुआती अग्रता लिए पनि ७५औँ मिनेटमा झापाका ग्लोरीले गोल गर्दै बराबरी गरेका थिए । प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टिमले निर्धारित समयमै जीतको नतिजा निकाल्न प्रयासरत रहे पनि निर्धारित समय बराबरीमै सकियो ।

टाइब्रेकरमा झापाका मिलन राईको गोल रेडहर्षका गोल किपर विवेक मगरले छेकेपछि इलामलाई सफलता मिलेको हो । झापाका निसान लिम्बू, जीवन गुरुङ, मीलन राई र मनोज राईले गोल गरे भने इलामका विशाल लामा, आसिस लावती, पिकेस लोक्ताम र विवेक मगरले गोल गरे ।

जीतसँगै इलामले बुधबार हुने फाइनल खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी उपाधीको दाबेदार बनेको छ ।

दार्जिलङका सहित यो पटक आठ टिम सहभागी प्रतियोगिता बुधबार सकिँदै छ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमक विद्यालयको खेल मैदानमा भइरहेको छ । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन । तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ४९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले