नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता « Khabarhub

नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग  नेपालका लागि बेलायतका  राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।

 रक्षामन्त्री खड्काले दुई देशबीच  सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत फेनको कार्यकालमा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने सबैभन्दा पुरानो मित्र बेलायतले नेपालको आर्थिक– सामाजिक विकासमा गरेको योगदानको सराहना गर्दै उनले पारस्परिक सहयोगका क्षेत्र आगामी दिनमा अझ विस्तार हुने  विश्वास व्यक्त गरे ।

 सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई बेलायती सैनिकसरह निवृत्तिभरणलगायत सुविधा उपलब्ध गराउने सम्बन्धमा बेलायत सरकारबाट आवश्यक सहयोग हुनेमा आफू ढुक्क रहेको मन्त्री खड्काले बताएको प्रवक्ता पौडेलले जानकारी दिएका छन् । उनीहरूबीच जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदानलगायतका विषयमा पनि छलफल भएको थियो ।

दुई सय वर्ष पुरानो बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत फेनले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्तिसेनामा खटिएका नेपाली सेनाले गरेको योगदानको प्रशंसा गरे। उनले नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताए । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : ०२ बजे

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये