स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन संशोधन हुँदै « Khabarhub

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन संशोधन हुँदै


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई पुनः संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।

सरकार र नेपाल चिकित्सक सङ्घबीच भएको सहमति अनुसार ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्रालयले चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्र्टन डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधालगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेशन पेश गर्न मन्त्रालयका अतिरिक्त सचिवको संयोजत्वकमा समिति गठन गरेको छ ।

साथै मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउन मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरेको प्रवक्ता बुढाथोकीले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १० : १० बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका