गण्डकी सरकारले भूकम्पपीडितका लागि एक करोड रुपैयाँ दिने « Khabarhub

गण्डकी सरकारले भूकम्पपीडितका लागि एक करोड रुपैयाँ दिने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरूलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार राती भूकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधीसहित विशेषज्ञ चिकित्सकको टोली पठाएको बताए ।

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यु हुने कर्णालीवासी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

भूकम्प पीडितको उद्धार र उपचारमा गण्डकी प्रदेश सरकारले औषधी सहित विशेषज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : २७ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको