चेम्बरले भूकम्पबाट प्रभावित परिवारलाई अत्यावश्यक सामाग्री सहयोग गर्ने « Khabarhub

चेम्बरले भूकम्पबाट प्रभावित परिवारलाई अत्यावश्यक सामाग्री सहयोग गर्ने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायत अत्यावश्वक सामाग्री सहयोग गर्ने भएको छ ।

चेम्बरले आइतबार विज्ञप्ति जारी गर्दै भूकम्पपीडितलाई सिरक डसना र म्याट्रेस, खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सहायता सामग्री सहयोग गर्ने जनाएको हो । चेम्बरको विपद् व्यवस्थापन कोषबाट भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

चेम्बरले सम्पूर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारको एकद्वार प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याटे«स वितरण गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामाग्री वितरण गरिने अध्यक्ष मल्लको भनाइ छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदनासमेत प्रकट गरेको छ ।

चेम्बरले जाजरकोटलगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुर्नस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउनसमेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ४ : १० बजे

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव