राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेका छौँ : सभापति लामिछाने « Khabarhub

राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेका छौँ : सभापति लामिछाने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३ सयभन्दा बढी परिवारलाई पुग्ने राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै सभापति लामिछानेले ३ सयभन्दा धेरै परिवारलाई पुग्ने राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

राहतका सामग्री अब जिल्ला प्रशासन कार्यालय जाजरकोटद्वारा वितरण गरिने उनको भनाइ छ ।

साथै आज साँझ ७ बजेदेखि ९ बजेसम्म आफू ‘ग्राउन्ड जिरो’ को यथार्थ जानकारीसहित जाजरकोटको स्थानीय रेडियो पाइला ९१.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारणमा रहनेसमेत उनले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ३३ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड