भूकम्पपीडितलाई सरकारले सघाउँछ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

भूकम्पपीडितलाई सरकारले सघाउँछ : गृहमन्त्री श्रेष्ठ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पपीडितलाई सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । पीडित परिवारलाई राहत सामग्रीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

जाजरकोट सदरमुकाममा सरोकारवाला निकायसँग भूकम्प प्रभावित क्षेत्रमा सरकारले गरेका कामका बारेमा जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आज मन्त्रिपरिषद्को बैठक, विपद् व्यवस्थापन परिषद्को बैठक बसेर सबै ठाउँका अस्पताललाई भूकम्पपीडितको अविलम्ब उपचारको व्यवस्था गर्न निर्देशन दिइएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले पूर्ण रुपमा भत्किएका र आंशिक रुपमा भत्किएका घरको मूल्याङ्कन, क्षतिका आधारमा राहतको व्यवस्था, तत्काल उपलब्ध गराउनुपर्ने त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले रेडक्रसलगायत मानवीय सहायता निकायलाई सहयोग परिचालन गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : २१ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको