भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण « Khabarhub

भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत शुक्रबार जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई सहयोगस्वरुप भारतले पठाएको १० करोड भारतीय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको छ । भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप आज उक्त सामग्री नेपालगञ्ज आइपुगेको हो ।

भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै भारतीय वायसेनाको विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर नेपालगञ्ज आएको जनाएको छ । यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे ।

आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

संकटका बेला छिमेकी या अन्य मुलुकलाई सहयोगको हात बढाउन भारत सदैव अगाडि रहेको भन्दै दूतावासले २०७२ सालको भूकम्पपछि पनि भारतले नेपाललाई सहयोग गरेको स्मरण गरेको छ । त्यसबेला भारत सरकारले सहयोगका लागि सबैभन्दा सुरुमा तत्परता देखाएको भन्दै अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य सञ्चालन गरेको दूतावासले उल्लेख गरेको छ ।

भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ३१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर