जाजरकोट भूकम्पः घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने « Khabarhub

जाजरकोट भूकम्पः घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैँचालो प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ ।

सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ । निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई नेपालगञ्ज र काठमाडौँसम्म उद्धार गरेको थियो ।

राहत कोष स्थापना

पर्यटन क्षेत्रका अगुवा संस्थाहरुले भूकम्पपीडितको सहयोगका लागि राहत कोष स्थापना गरेका छन् ।

होटल सङ्घ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, वल्र्ड टुरिजम नेटवर्क नेपाल च्याप्टरलगायत संस्थाले कोष स्थापना गरेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : १९ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट