नेपालका गुल्शन झा उत्कृष्ट युवा खेलाडी « Khabarhub

नेपालका गुल्शन झा उत्कृष्ट युवा खेलाडी


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् । गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए ।

जसमा उनले ७९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । त्यस्तै आजै भएको अन्तिम खेलमा गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिएका थिए । यस उपाधिसहित उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा ओमानका अलराउण्डर अकिब इतियास सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ओमानलाई उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै ओमानका बिलाल खान प्रतियोगितामा उत्कृष्ट बलर चुनिए ।

उनले ५ खेलमा ११ विकेट लिएका थिए । नेपालका कुशल भुर्तेल प्रतियोगितामा उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा एक अर्धशतकसहित कूल एक सय ८५ रन बनाएका थिए ।

नेपाल र ओमानले आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि २० विश्वकप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा युएईलाई पराजित गर्दै विश्वकमा छनोट भएको थियो भने ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका हो ।

उक्त प्रतियोगिताको विजेता टोलीलाई प्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड), युवा तथा खेलकुदमन्त्री डीगबाहदुर लिम्बू, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : २५ बजे

मधेसमा ३०० भन्दाबढीले गरे मतदान (तस्बिरहरू)

जनकपुरधाम– मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म

बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो

काठमाडौं – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन, शीर्ष भूमिका

आमाको दूधको विकल्प खोज्न नहुनेमा सरोकारवालाको जोड

वालिङ– सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा

‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने

काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

बालेनलाई ईको कटाक्ष : बहसमा चिप्लिनुभन्दा मञ्चन र नियोजित प्रस्तुति देखाउनु नै बेस !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहले