विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

आज मंसिर १९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ ।

उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मंगलबार उल्लेख गरेको छ ।

यता सेनाले भने असावधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ । यद्यपि सेनाले कुनै हताहतिको तथ्यांक दिएको छैन । तर त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन् ।

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, ३५ जना घाइते भएका छन् ।

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

पाँचौ विश्व मिडिया शिखर सम्मेलनमा कुनमिङ पहल पारित
पाँचौ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) मा सहभागी प्रतिनिधिहरूले मंगलबारको शिखर सम्मेलनको उद्घाटन समारोहमा कुनमिङ पहललाई स्वीकार गरेका छन् ।

दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ सहरमा आयोजित पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) मा करिब ३० मुलुक र क्षेत्रका मिडिया आउटलेट, अन्तर्राष्ट्रिय संस्था, बुद्धिजीवीसहित करिब ८० संस्थाका तीन सयभन्दा बढी प्रतिनिधिहरू सहभागी रहेका छन् ।

शिखर सम्मेलनका लागि कुनमिङ पहलअनुसार प्रतिनिधिहरूले ‘विश्वव्यापी आत्मविश्वास बढाउँदै, मिडिया विकासको प्रवर्द्धन’ भन्ने विषयअन्तर्गत व्यापक र गहन छलफल गरेका छन् ।

उनीहरूले डिजिटल युगमा विश्व मिडिया उद्योगले सामना गरेका अवसर र चुनौतीहरूको विश्लेषण गरे । साथै आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन गर्न मिडियाको भूमिका र जिम्मेबारी पत्ता लगाउँदै मानव विकासको कथालाई राम्रोसँग सुनाउने र विश्वको साझा विकासको प्रवर्द्धन गर्नेबारे छलफल गरे ।

पहलले विश्वव्यापी मिडियाले पृथ्वीमा सबै जीवको समुदायको अवधारणालाई समर्थन गर्न, सबै मुलुकको पारिस्थितिक प्रगति र दिगो विकासलाई पालना गर्न, वातावरणले मानिसलाई फाइदा पुर्याउने मूल्यहरूको प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय समुदायलाई संयुक्तरूपमा मातृभूमि निर्माण गर्न तथा मानव र प्रकृतिबीचको मेलमिलाप, अर्थतन्त्र र वातावरणको समन्वित विकास र सबै मुलुकको साझा विकासलाई प्रोत्साहित गर्न जोड दिएको छ ।

पहलले भनेको छ, ‘विश्वव्यापी मिडिया सहर र उद्यमहरूको कथाको राम्रो कथाकार हुनसक्छ, विभिन्न दृष्टिकोणबाट राष्ट्रिय छवि प्रदर्शन गर्नसक्छ र विभिन्न संस्कृतिहरूको आदानप्रदान तथा अन्तरक्रियालाई प्रवर्द्धन गर्न र विभिन्न मूल्यहरूको प्रतिध्वनिलाई प्रवर्द्धन गर्नसक्छ ।’

मिडियाले फाइभ जी (५जी), बिग डेटा, क्लाउड कम्प्युटिङ, कृत्रिम बौद्धिकता र अन्य सूचना क्रान्ति विकासका उपलब्धिहरूको तर्कसङ्गत प्रयोग गर्न, समाचार संकलन तथा प्रसारण मोडेलको आविष्कार गर्न, बौद्धिक र डिजिटल परिवर्तनमा तीव्रता ल्याउन र विश्वव्यापी मुलुकहरूको आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धनलाई जारी राख्न समेत जोड दिएको छ ।

प्रतिनिधिहरूले शिखर सम्मेलनले आपसी समझदारी अभिवृद्धि, मित्रतालाई प्रगाढ, सुदृढ सहमति र चुनौतीहरू सम्बोधन गर्न तथा पारस्परिकरूपमा लाभदायी विकास हासिल गर्न विश्वव्यापी सञ्चारमाध्यम सहयोगलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्

सोमबारदेखि सुरु भई आगामी शुक्रबारसम्म चल्ने पाँचौँ विश्व मिडिया शिखर सम्मेलन ९युनान, चीन० लाई सिन्ह्वा समाचार समिति र युनान प्रान्तीय सरकारले आयोजना गरेका हुन् ।

गाजा–इजरायल युद्धमा ६३ पत्रकार मारिए : सीपीजे
गत अक्टोबर ७ देखि सुरु भएको हमास–इजरायल युद्धका क्रममा अहिलेसम्म ६३ जना सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समिति (सीपीजे)ले डिसेम्बर ४ सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको जनाएको छ ।

अल कुड्स टिभीका हसन फराजल्लाह र दक्षिणी गाजाको रफाहमा इजरायली हवाई हमलामा आफ्ना परिवारका सदस्यहरूसँगै मारिएका अल मजेदत नेटवर्कका पत्रकार शिमा अल गज्जरको मृत्युसमेत समावेश छ।

यसरी मारिने पत्रकारमा ५६ प्यालेस्टाइनी, चार इजरायली र तीन लेबनानी रहेको बताइएको छ । सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।’

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार,  आर्थिक,  वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका छन्।

सो समझदारीले  बैंकिङ, वित्त, उद्योग, यातायात, ऊर्जा, स्वास्थ्य सेवा र अन्य विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको आशाजनक नयाँ क्षेत्रहरू पहिचान गरेको पनि  पासाक्सन अखबारले मङ्गलबार उल्लेख गरेको छ।

रुसी प्रतिनिधिमण्डलले आर्थिक-व्यापारिक तथा  वैज्ञानिक-प्राविधिक सहयोग बढाउँने उद्देश्यले लाओसको भ्रमण गरेको  थियो । अन्तरसरकारी लाओ-रूसी आयोगको १७ औँ सत्र जुन नोभेम्बर २९-३० सम्म भएको थियो त्यसमा रुसी प्रतिनिधि मण्डलले द्विपक्षीय व्यापार प्रवर्द्धनमा विशेष चासो दिएको थियो ।

दुई देश नयाँ व्यापार र आर्थिक साझेदारीको खोजी गर्न र  खाद्यान्न शृङ्खला पुनर्निर्माण गर्न इच्छुक  रहेको पाइएको छ । जलविद्युत,  शान्तिपूर्ण आणविक ऊर्जा र चिकित्सा उपकरणको आपूर्तिका क्षेत्रमा समेत संयुक्त लगानीका परियोजनाहरूको सङ्ख्या बढाउने दुई देशको योजना छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको