एउटै पालिकाबाट ६ जना संसद् « Khabarhub

एउटै पालिकाबाट ६ जना संसद्


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद् निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो ।

निर्वाचित हुनेहरूमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित भएपछि पालिकाकै विकास र समृद्धि हुने जनताको अपेक्षा र विश्वास बढेको छ । ६ जना सांसद पाएको मनरा शिसवा नमुना नगरपालिका हुने धेरैले आशा राखेका छन् । 

‘मनरा सिशवाका जनताको सर्वाङ्गीण विकाशमा हाम्रा ६ जना सांसदले अविस्मरणीय,  उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौँ,’ नगरप्रमुख मोहन पाण्डेले भने, ‘६ संसदका कारण हाम्रो पालिका देशकै नमुना पालिका बन्नेमा ढुक्क पनि छु ।’  

मनरा शिसवा–८ सहसरामकी लोसपा कि नेतृ रानी कुमारी तिवारी र वडा नं ७ सरपल्लोका जसपाका नेता सरोजकुमार सिंह प्रत्यक्षतबाट निर्वाचित भएका थिए  । लोसपाबाट समानुपातिकमा एक जना सांसद थपिएका छन् छ भने सिके राउतले नेतृत्व गरेको जनमत पाटी र नेपाली कांग्रेसले समेत यसै पालिकाबाट समानुपातिक सासंद दिएका छन् ।

पालिकाको  वडा नं ६ सरपल्लोकी रमिता प्रधान,  वडा नं ६ सरपल्लोकै अनिता साह,  वडा नं ८ सहसरामका चन्दन सिंह र सहसरामबाटै अञ्जना पण्डितलाई पार्टीले समानुपातिकमा निर्वाचित गरेको हो । प्रत्यक्ष र समानुपातिक गरी महोत्तरीमा प्रदेशसभामा मात्र १३ जना सासंद छन । संघको प्रतिनिधिसभामा ६ जना सासंद छन । मोहत्तरीबाट चारजना प्रत्यक्षतर्फ र दुई जना समानुपातिक गरि ६ जना प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका हुन् । उनीहरु सबै मनरा शिसवाका हुन् । 

प्रत्यक्ष तर्फ नेकपा एमालेबाट निर्वाचित क्षेत्र न.१ मा लक्ष्मी महतो कोइरी, क्षेत्र न.२ मा लोसपाबाट शरदसिंह भण्डारी, क्षेत्र न.३ बाट कांग्रेसका महेन्द्र राय यादव र क्षेत्र न.४ बाट लोसपाका महन्थ ठाकुर छन् भने समानुपातिक तर्फ जनमतबाट गोमा लाभ सापकोटा, कांग्रेसबाट संगीता मण्डल धानुक छन । योसँगै प्रदेश र प्रतिनिधिसभामा महोत्तरीबाट १९ जनाले सांसदले प्रतिनिधित्व जनाउने भएका छन् । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ५ : ३७ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय