गृहमन्त्री लामिछानेले हटाए सुरक्षामा खटिने अगुवा पछुवा गाडी « Khabarhub

गृहमन्त्री लामिछानेले हटाए सुरक्षामा खटिने अगुवा पछुवा गाडी


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने भन्दै उनले सुरक्षामा खटिने अगुवा र पछुवा गाडी हटाएका हुन् ।

साथै गृहमन्त्रीको सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वको टोलीलाई पनि घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेका छन् । शुक्रबार साँझ फेसबुकमार्फत उनले आफू सधैँ ट्राफिक नियमको पालना गर्ने पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरी आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला । सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिबद्ध छु । कुनै अकाट्य परिस्थिति आई पर्दाबाहेक म आफनो कार्यकालभरि नै यी नियम पालना गर्छु। ’

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ४६ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन