पोखराको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट | Khabarhub Khabarhub

पोखराको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आएसँगै पोखराको ब्राण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडान पनि स्थानान्तरण भएको छ । यसअघि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान ५ किलोमिटर पर मान्द्रेढुंगामा सारिएको हो ।

सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ । अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए ।

‘जहाजको सुरक्षा पहिलो सर्त हो । उडान नै अप्ठ्यारोमा पर्ने गरी प्याराग्लाइडिङलाई आकाश छोड्न सकिँदैन,’ उनले भने, ‘सकेसम्म पोखराबाट प्याराग्लाइडिङ नहटाऔं भनेर मान्द्रेढुंगा सारेका छौं । परीक्षण गर्दा त्यहाँ पनि राम्रो नभए दुखका साथ हटाउनुपर्छ ।’ यसअघि सराङकोट सहित तोरिपानी र तामागी क्षेत्रबाट पनि उडान हुने गरेको थियो । ति तीनै ठाउँबाट अब उडान गर्न नमिल्ने भएको छ ।

मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान पामेमा अवतरण गरिएको छ । नेपाल हवाई खेलकुद संस्थाका अनुसार प्राधिकरणले ६ हजार फिट भन्दा माथि उड्न नपाउने गरि मापदण्ड तोकिदिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : ५४ बजे

उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र

‘टेलिकमहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने भयो’

काठमाडौं– टेलिकम कम्पनीहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै

मेवाका बिरुवाको माग बढ्दो

चितवन– जिल्लामा सरकारीस्तरमा उत्पादन गरिएको मेवाको बिरुवाको माग बढ्दै गएको

तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी, रास्वपाको आरोपपछि विरोधमा उत्रिए कांग्रेस सांसद

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

घर जान लागेका गर्भनरलाई गालीको वर्षा !

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे