नेप्से परिसूचकमा ४.५७ अंकको वृद्धि | Khabarhub Khabarhub

नेप्से परिसूचकमा ४.५७ अंकको वृद्धि


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अंकले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अंकले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल ३९ लाख २२ हजार दुई सय १६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ मूल्यमा कारोबार भयो ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको छ करोड ४५ लाख ७३ हजार बराबरको कारोबार भयो । यस्तै युनिभर्सल पावर कम्पनी र पाँच करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स चार करोड ८९ लाख ६० हजार नौ सय ३२, हिमालयन डिस्टिलरी चार करोड ७७ लाख सात हजार पाँच सय एक र आशा लघुवित्त रु चार करोड तीन लाख ७३ हजार नौ सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त पाँच दशमलव ५१, युनिभर्सल पावर चार दशमलव ९९, सिभिल लघुवित्त चार दशमलव शून्य पाँच र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ८४ प्रतिशतले कमाएका छन् ।

यस्तै लक्ष्मी बैंकको ऋणपत्र नौ दशमलव ५८, बाराही हाइड्रोपावर चार दशमलव ६७, मिथिला लघुवित्त तीन दशमलव ८५, ग्लोबल आइएमई व्यालेन्स फण्ड एक तीन दशमलव ७५ र आरबिबी म्युचुअल फण्ड एकका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ३ : ५५ बजे

भारत–पाक संघर्षमा पाँच लडाकु विमान खसालिएको थियो : ट्रम्प 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीचको पछिल्लो संघर्षका दौरान पाँचवटा

एमाले पोलिटब्युरो बैठक सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ

तेलुगु फिल्मका हास्य कलाकार फिश वेङ्कटको निधन

काठमाडौं– तेलुगु फिल्म क्षेत्रका चर्चित हास्य अभिनेता फिश वेङ्कटको निधन

हलगोरु पाल्ने २७५ किसानलाई गाउँपालिकाको अनुदान

तनहुँ- तनहुँकाे म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ मा हल गोरु

महाकाली सामुदायिक वनको घुम्ती कोषले गरिबी घटाउँदै, रोजगारी बढाउँदै

कञ्चनपुर- कृष्णपुर नगरपालिका–६ बन्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध