वेस्ट बैङ्क शहरमा इजरायली सेनाको आक्रमण, पाँच प्यालेस्टाइनीको मृत्यु « Khabarhub

वेस्ट बैङ्क शहरमा इजरायली सेनाको आक्रमण, पाँच प्यालेस्टाइनीको मृत्यु


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – वेस्ट बैंकको जेरिको शहरमा इजरायली सेनाले गरेको आक्रमणमा सोमबार बिहान कम्तीमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

इजरायली सञ्चारमाध्यमहरूले बताएअनुसार इजरायली सेनाको विज्ञप्ति जारी गर्दै जेरिको नजिकैको अकबात जबर शरणार्थी शिविरमा गोली हानाहान गर्ने प्यालेस्टिनी लडाकुहरूको सेल पत्ता लगाउन छापा मारिएको थियो।

यसै बीच सोमबार बिहान थुप्रै प्यालेस्टिनी सैन्य समूहहरूले चेतावनी दिदै ूइजरायली कब्जाले मूल्य तिर्नेू र वेस्ट बैंक र जेरुसेलमका प्यालेस्टिनीहरूलाई इजरायली आक्रमणहरूको प्रतिरोध गर्नआह्वान गरेका छन्।

प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले इजरायल विरुद्ध आक्रमणमा संलग्न प्यालेस्टिनीहरूलाई पक्राउ गर्न रातभर शरणार्थी शिविरमा आक्रमण गरेको थियो। प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले करिब सात प्यालेस्टाइनीको हत्या गरेको र १३ जनाभन्दा बढी घाइते भएको बताएका छन्।

उनीहरूले मारिएकाहरू इस्लामिक प्रतिरोध आन्दोलन ९हमास० सशस्त्र विंगका सदस्यहरू रहेको र इजरायली सेनाले उनीहरूको शव समातेर प्यालेस्टिनी पक्षलाई हस्तान्तरण नगरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : १८ बजे

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा