जुम्लामा ६ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन « Khabarhub

जुम्लामा ६ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जुम्ला – आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १५ करोड ४३ लाख ११ हजार मात्र राजस्व उठेको छ । कार्यालयको राजस्व सङ्कलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख रहेको कार्यालय प्रमुख खेमनारायण रेग्मीले जानकारी दिए ।

कार्यालयको सोही लक्ष्यअनुसार वार्षिक राजस्व असुली हुने उनले उल्लेख गरे । गत वर्ष भने यही अवधिमा लक्ष्यभन्दा बढी नै राजस्व उठेको थियो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैंकमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनुलगायतका कारणले राजस्व कम उठेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख रेग्मीको भनाइ छ ।

चालु आवको छ महिनामा विविध शीर्षकअन्तर्गत सो सङ्ख्यामा राजस्व उठेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार तीन जिल्लामा कूल ३० हजार दुई सय ८४ जना करदाता रहेका छन् । सबैभन्दा बढी आयकरतर्फ १४ हजार एक सय ७७ जना करदाता रहेका छन् । व्यक्तिगत प्यानतर्फ १४ हजार एक सय ७७ र भ्याटतर्फ एक हजार तीन सय ९८ जना रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयमा पाँचजनाको अधिकृतस्तरको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन । छ जनाको नायब सुब्बाको दरबन्दी रहेको कार्यालयमा अहिले दुई जना मात्र रहेकाले स्थानीयस्तरमै कर शिक्षा र बजार अनुगमन गर्ने कठिन भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालयलाई काम गर्ने सकस भएको कार्यालय प्रमुख रेग्मीले बताए ।। बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर काम गर्न लागिपरेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : ०१ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व