महतारा र जुनिचाँदेको ‘स्लेट ढुङ्गा’को माग बढ्यो « Khabarhub

महतारा र जुनिचाँदेको ‘स्लेट ढुङ्गा’को माग बढ्यो


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– भेरी नगरपालिका महतारा गाउँ, जुनीचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’को ठूला सहरमा माग बढेको छ । यहाँ प्रशोधन भएका  स्लेटको भेरी-१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ । 

यहाँ प्रशोधन भएका स्लेटको रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने भएकाले घर निर्माणमा प्रयोग हुने जनाइएको छ । पछिल्लो समय यहाँका स्लेट विदेशबाट आयातित मार्बल तथा टायलको विकल्प बन्दै गएको जनाइएको छ । विगतमा ढुङ्गा-माटोले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले सहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, बिछ्याउनेछ कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेको छन् ।

सो स्लेट सबैभन्दा बढी नेपालगन्ज  र सुर्खेतमा खपत हुने गरेको छ भने पछिल्लो समय पोखरा, काठमाडौँ, चितवन, बुटवल, दाङ, विराटनगर, नेपालगञ्जलगायतका  सहरबाट  बिक्री हुने जनाइएको छ ।  स्लेटको माग अत्यधिक भएकाले माग धान्नै मुस्किल भएको सञ्चालक महेन्द्र शाहीले बताए । उनले वार्षिक २५ ट्रक बिक्रीका लागि पठाउने गरेको  र विद्युत्को केन्द्रीय लाइन पुगेकाले काम गर्न सहज भएको बताए । 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  २ : ३३ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि