खडेरीले गर्दा उदयपुरमा चैते धानखेती घट्दै « Khabarhub

खडेरीले गर्दा उदयपुरमा चैते धानखेती घट्दै


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । 

रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम मगर बताउँछन्। कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि चैते धानखेती घटेको कटारी रिस्कुका दमन दनुवारले बताए । रिस्कु क्षेत्रका साना खोलानालामा खडेरीले पानीको स्रोत नै सुक्दै जान थालेकाले धान रोप्ने काम नै गर्न नसकेको दनुवारले बताए। 

उदयपुरगढी गाउँपालिकाको दनुवार बेँसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुश्कीलले यसपटक चैते धानखेती गरेको बर्रेका हीराबहादुर अधिकारीले बताए। लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लीछाछताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाका पानी सुक्दै जान थालेपछि थोरै कृषकले मात्र चैते धानखेती गरेको जाँतेका बृध्वज बुढाथोकीले बताए ।

 जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र चिलाउने क्षेत्रमा पनि गत वर्षजस्तो अधिकांश खेतमा चैते धानखेती गर्न नसकिएको खाँबुका कृषक देवराज तिमल्सिना बताउँछन् । जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार उदयपुर जिल्लामा बर्सेनी एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदै आएको छ ।

खडेरीले पानीको स्रोत घट्दा चैते धानखेती गर्न समस्या भएको हुनसक्ने कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले बताए । ज्ञानकेन्द्रका अनुसार २०६० सालभन्दा पहिला उदयपुरमा दुई हजार हेक्टर क्षेत्रफलमा उक्त धानखेती हुन्थ्यो । गाउँघरका युवाहरुले गाउँ छाड्ने, विदेश पलायन हुने, गाउँमा जनशक्ति अभाव तथा खडेरीले विगतको तुलनामा धानखेती कम हुँदै गएको जनाइएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ५ : ३१ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको