सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने « Khabarhub

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ।

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठकमा जानकारी दिएअनुसार गठबन्धनको बैठक बसेर अन्तिम रूप दिइनेछ ।  आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले यो सरकारको नीति तथा कार्यक्रम बनाएको हो ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र कांग्रेसका चुनावी एजेन्डालाई थपिएको जनाइएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ७ : २० बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि