अस्पतालबाट उठ्न थालेको विद्रोहको आवाज | Khabarhub Khabarhub

अस्पतालबाट उठ्न थालेको विद्रोहको आवाज


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अस्पतालको शैय्यामा एउटी युवती। उनको बायाँ आँखा बन्द छ। दायाँ आँखामा ब्यान्डेज लगाइएको छ। एकातर्फ विलाप गरीरहेकी छिन्। अर्कोतर्फ आँखामा मुस्कान पनि छ। ती युवती येलेहा ताभालोनीयन। सरकार विरोधी प्रदर्शनको क्रममा सेप्टेम्बर महिनामा सुरक्षा अधिकारीले उनलाई गोली प्रहार गरेको थियो।

विद्यावारिधि गरी रहेकी उनले त्यसपछि नै आफ्नो दायाँ आँखा गुमाएकी हुन्। सत्ताको त्रासदीका कारण उनले सबै पीडालाई लुकाएर नै राखिन्। ३ महिनापछि मात्र उनले आफूले भोगेको सबै कुरालाई सार्वजनिक गरिन्। त्यत्ति सार्वजनिक गर्नलाई पनि उनलाई बहादुर मानिएको छ। उनको इन्सटाग्रामको राखिएको भिडियो नै धेरैका लागि चर्चाको विषय बनेको छ।

‘तिमीहरूले मेरो आँखामा लक्षित प्रहार गरेका थियौं। तर मेरो हृदयले नै तिमीहरूलाई जलाइ रहेको छ’, उनले भनिन्, ‘तिमीहरूले मेरो आँखाबाट दृश्य लिएर गयौं। तर यसले हजारौंको आँखा खोली दिएको छ।’

उनले भनिन्, ‘मेरो मुटुको भित्रको प्रकाश र सुन्दरको भविष्यको आशाले म मुस्कुराइ रहेकी छु। तर तिम्रो मुटु र तिम्रो कमान्डरको मुटु सधैँ अँध्यारो भई रहेको छ। ‘मैले चस्मा लगाउने र तिमिलाई तक्मा दिने छु।’

हालसालै इरान छाडेर इटाली पुगेकी अलाहाले टाउकोमा लागेको गोलीका छिद्र हटाउनका लागि शल्यक्रिया गरेकी छिन्। त्यही अस्पतालको भिडियो उनले पोस्ट गरेकी हुन्। उनले टाउकोबाट निकालिएको गोलीको छिद्र कुनै दिन अन्तर्राष्ट्रिय अदालतमा पेस गर्ने योजना बनाएकी छिन्।

सेप्टेम्बर महिनामा मसाहा अमीनीको हिरासतमा ज्यान गएपछि हजारौँ महिलाले त्यहाँ प्रदर्शन गरे। सडकमा महिला प्रदर्शनकारीको भीडले बारम्बार सरकारलाई अत्त्याएको थियो। मानव अधिकारवादी संस्थाले दिएको जानकारी अनुसार पाँच सय जना भन्दा बढी मारिए भने २० हजार भन्दा बढी गिरफ्तार गरिए।

इरानका दङ्गा प्रहरीका कमान्डर ब्रीगेडीयर जनरल हसन कलामी भने बारम्बार त्यस आरोपलाई अस्वीकार गर्छन्। प्रदर्शनकारीको अनुहारमा गोली प्रहार गरिएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा इरानलाई बदनाम गराउन मात्र यो प्रोपोगान्डा मच्चाइएको आरोप समेत उनले लगाए।

यसरी अनुहारमा बन्दुक प्रहार हुने धेरै महिला मध्ये कानुनकी विद्यार्थी गजाल रन्जकेस पनि हुन्। नोभेम्बर महिनामा दक्षिणी इरानको बन्दर अब्बासमा भएको प्रदर्शनमा उनलाई गोली प्रहार गरिएको हो।

जागरण फैलाउनका लागि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने २१ वर्षीया उनी नै पहिलो व्यक्ति हुन्। उनले अस्पतालको शैय्याबाट पोस्ट गरेको भिडियोमा दायाँ आँखाबाट आँसु बही रहेको थियो। तथापि उनले विजयको मुद्रामा आफूलाई प्रस्तुत गरिरहेकी थिइन्। सो भिडियो भाइरल बनेको थियो। इरान र अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले युवालाई लक्षित गर्दै गरेको आक्रमण निन्दाको विषय पनि बनेको थियो।

त्यसपछि नै चोटका बाबजुद हाँसोसहित पोस्ट गर्ने युवतीको भिडियो नै विद्रोहको प्रतीक बनेका थिए। यसै भिडियोपछि सोही खालको चोट बोक्ने महिला तथा युवतीले आफूहरू एक्लो नभएको महसुस गरेका थिए। ‘आँखाको आवाज अन्यको भन्दा धेरै ठूलो हुने रहेछ।’ गाजलले पर्सिएन भाषामा इस्टाग्राममा लेखेकी थिइन्।

उनले अर्को भिडियो पनि पोस्ट गरेकी छिन्। केही नजिक भएर ध्यान दिएर नहेरेसम्म यो फेसन सुट पनि लाग्न सक्ने छ। कृत्रिम आँखा भएकी उनलाई त्यसमा अभ्यस्त हुन धेरे कठिन भएको थियो। अनुहारमा लागेको चोटले पीडा दिइरहेको छ। तथापि उनी हाँसी रहेकी छिन्। उनले यसको समाधान गर्न प्लास्टिक सर्जरी गरेकी छिन्। लडाकु स्वभावकी उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्, ‘म एउटा आँखाले स्वतन्त्रताका लागि लडी रहेको छु।’

इरान भरी यसरी घाइते हुनेको सङ्ख्या कत्ति छ भने कसैलाई पनि थाहा छैन। न्युु योर्क टाइम्सले गत वर्षको सेप्टेम्बरदेखि नोभेम्बरसम्म इरानको तीन अस्पतालमा गरी पाँच सय जना यस्ता बिरामी फेला पारेको थियो।

यी नै मध्येकी एक ३२ वर्षीय मोहम्मद फर्जीर्ला सेप्टेम्बर महिनामा चरालाई झैँ तेहरानको सडकमा गोली हानिएको थियो। महिला हक हितका लागि समर्पित उनी यसबाट आफूलाई कुनै पनि गुनासो नभएको बताउँछन्। उनी अस्पताल गएर उपचार गराएको भए ठिक भएर सकेको आँखासहित विद्यालय जान सक्थे। तर, पैसाको अभावका कारण उनले तेस्रो शल्यक्रिया नै गर्न सकेनन्। मुख्य कुरा सहयोग हो। आर्थिक, मनोवैज्ञानिक र चिकित्सकीय,’ उनले भने।

उनी अस्पतालमा मात्र दुई हजार पाँच सय अमेरिकी डलर खर्च गरी सकेको बताउँछन्। डा. मोहम्मद गफार झामपेनाह चार सय जना आँखाका चिकित्सक मध्ये हुन्। जसले जसले चोटमा परेकालाई थप सहयोग गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरी सकेका छन्। उनी पनि यो उपचार गराइएका व्यक्तिको समाजमा फरक पहिचान हुने बताउँछन्।

‘उनीहरूको जीवनको अन्त्य नभएसम्म यी व्यक्ति नै क्षत विक्षत भएको इरानको प्रमाण हुने छन्,’ उनले सामाजिक सञ्जालमा यसै कुरा उल्लेख गरेपछि अहिले भाइरल भएका छन्।
मोहम्मदको यो अभियानलाई अहिले अनलाइन सहयोग धेरै भएको छ। घाइते महिला कोसार इख्तेहारीसँग मिलेर उनी नौ सय किलोमिटरको यत्रा गरेर इलाहे अस्पताल पुगेका थिए।’

हामीले गर्न सक्ने यहीँ नै हो। हामी पीडा बुझ्छौ र यसलाई मनन पनि गर्न सक्छौं। यी दुई मिलेर सामाजिक सञ्जालमा घाइतेको फोटो राखेका थिए। ती सबै चोटका बाबजुद विजयको चिह्नमा अडिग थिए।

चोटका बाबजुद इलाहले शल्यक्रियापछि त्यो भिडियो सामाजिक सञ्जालमा राखेकी छिन्। उनले त्यहाँ पुगेकामा बाबु मोहम्मद र कोसारलाई धन्यवाद दिएकी छिन्। ‘अहिले आशाको सञ्चार भएको छ,’ उनले लेखेकी छिन्।

उनीहरूको विजयको संकेत गरीरहँदा अन्तर्राष्ट्रिय समुदाय भने यो घटनामा बढी सचेत हुन थालेको छ। अन्तर्राष्ट्रिय समुदायले यसलाई मानवता विरोधी अपराधको रूपमा सूचीकृत गर्नु पर्ने आवाज उठाएको छ। धेरै राष्ट्र सङ्घीय अधिकारीले इरानमा मानव अधिकारको तीव्र हनन भएका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा यस मुद्दालाई पेचिलो बनाउनु पर्ने आवाज उठाएका छन्।

राष्ट्र संघका आबद्ध जोभद रहमानले ह्युमन राइट वाचसँगको कुराकानीमा मानव अधिकारको कुरा अहिलेको प्रासङ्गिक विषय भएको बताएका थिए। राष्ट्र संघको रिपोर्ट अनुसार पनि मसाह अमिनीको हिरासतमा मृत्यु अधिकारीको कुटपिटबाट भएको हो। त्यसपछि भएको शान्ति पूर्ण विरोध प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो। सो प्रदर्शनलाई तितरबितर पार्ने क्रममा सुरक्षा अधिकारीले बालबच्चा, प्रौढ र महिला कसैलाई पनि छाडेको थिएन। यस कारण यो गम्भीर प्रकृतिको मानव अधिकार हनन र मानवता विरोधी अपराधको रूपमा व्याख्या गरिएको छ।

निःशस्त्रमाथि गोली प्रहार भएका कारण अन्तर्राष्ट्रिय कानुन अनुसार यसलाई राज्यले गरेको अपराधको रूपमा दायर गर्न सकिने मत धेरैको छ। इरानमा गएका ६ महिनाका यो विद्रोहको शृङ्खलाले सायद अब अर्को बाटो लिन सक्ने छ।
स्रोतः बीबीसी, ह्युमन राइट वाच

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : १९ बजे

धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति 

म्याग्दी – धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आजको कारोबार कतिमा ? 

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

रुकुमको सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम

रुकुमपूर्व– रुकुमपूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको ‘छोरी बचत खाता’ कार्यक्रम

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा