रुसको उत्तरी काकेससमा तीन प्रहरीको मृत्यु, आठ जना घाइते « Khabarhub

रुसको उत्तरी काकेससमा तीन प्रहरीको मृत्यु, आठ जना घाइते


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । 

निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि गोली चलाउँदा उक्त हताहति भएको रुसी समाचार समितिले जनाएका छन् । चेचन्यासँग सीमा जोडिएको इन्गुशेटिया मुसलमानहरूको बाहुल्य भएको गणतन्त्र हो । सन् दुई हजारको प्रारम्भतिर सामान्य रहेको उक्त क्षेत्रको शान्तिसुरक्षाको अवस्था विगत केही वर्षयता जटिल बन्दै गएको छ । 

सरकारी सुरक्षाकर्मीले इन्गुशेटिया क्षेत्रको जयजिकोभ युर्ट गाउँमा अभियान जारी राखेका तथा आक्रमणकारीको खोजी गरिरहेका कानुन कार्यान्वयन निकायलाई उद्धृत गर्दै समाचार समितिहरूले बताएका छन् । 

प्रारम्भमा प्रहरीले उक्त समूहलाई बल प्रयोग नगरी नियन्त्रणमा लिन खोजेको थियो तर अतिवादी समूहले अन्धाधुन्ध गोली चलाउँदा सुरक्षाकर्मीले ज्यान गुमाएका बताइएको छ । इन्गुशेटियाको सिमानामा रहेको प्रहरी चौकीमा पनि अतिवादी समूहले आक्रमण गरेको थियो ।

 उक्त आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् । शोभियत सङ्घको विघटनपछि उत्तरी काकेसस क्षेत्रमा इस्लामिक अतिवादी समूहहरू सक्रिय छन् । 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  २ : १० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै