संघीयता कार्यान्वयनसँग जोडिएका ऐन तत्काल ल्याउन सरकारको ध्यानाकर्षण « Khabarhub

संघीयता कार्यान्वयनसँग जोडिएका ऐन तत्काल ल्याउन सरकारको ध्यानाकर्षण


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संघीय शिक्षा ऐन, संघीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले संघीय संसद्मा थारूको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका हुन् । यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । 

बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरूलाई  कानुनअनुसार कारबाही गर्नुपर्ने बताए । 

बैठकमा सांसदहरुले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन, सदनलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। बैठकमा सांसदहरू रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, ऐनबहादुर शाही, वासुदेव घिमिरे, शान्ति  चौधरीललगायतले आ-आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ५ : ०१ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्