होटल व्यवसायी महासङ्घ गण्डकीको अधिवेशन २५ र २६ गते पोखरामा « Khabarhub

होटल व्यवसायी महासङ्घ गण्डकीको अधिवेशन २५ र २६ गते पोखरामा


२३ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशन यही चैत २५ र २६ गते पोखरामा गरिने भएको छ । सो बारेमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष अर्जुन चोखालले उक्त जानकारी दिएका छन् । 

उनले मुक्तिनाथ दर्शनका लागि आएका भारतीय र केही आन्तरिक पर्यटकको आगमनले गण्डकीको पर्यटन व्यवसाय धानिएको बताए । चैतको पहिलो हप्ता मुक्तिनाथ जाने पर्यटकले धवलागिरिका सम्पूर्ण होटल तथा रेष्टुराँ भरिएको जानकारी पनि उनले दिए ।

कोरोना तथा फ्रान्स र युक्रेन युद्धका कारण थला परेको पर्यटन व्यवसाय  पछिल्लो समय खर्च धान्ने अवस्थामा पुगेको उनले जानकारी दिए। ‘यतिबेला कमाउने अवस्था त छैन, जेनतेन खर्च धानेको मात्र छ’, अध्यक्ष चोखालले भने, ‘नेपाल सरकारले पर्यटन व्यवसायीलाई बैंकको चर्को ब्याज घटाइदिए मात्र व्यवसाय अगाडि बढ्न सक्छ ।’ 

दुई दिनसम्म चल्ने महासङ्घको अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  सुदन किरातीले गर्ने कार्यक्रम रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । अधिवेशनमा गण्डकी प्रदेशअन्तर्गत ११ जिल्लाका जिल्ला सङ्घ र स्थानीय तह एकाइका गरी एक सय २० प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ । 

महाधिवेशन उद्घाटन कार्यक्रममा गण्डकीको कला, संस्कृति र पहिचान झल्काउने समुदायगत सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने जानकारी संस्थाका महासचिव देवेन्द्र लम्सालले जानकारी दिए । गण्डकीमा छ हजारभन्दा बढी होटल तथा रेष्टुराँ सञ्चालनमा रहेको र ५४ हजार बढीले रोजगारी प्राप्त गरेको जानकारी पनि सो अवसरमा दिइएको थियो । यस क्षेत्रका होटलमा ६२ अर्बको लगानी रहेको बताइएको छ । पछिल्लो समय स्थानीय तहमा होटल तथा रेष्टुराँ सञ्चालनमा वृद्धि भइरहेको सो अवसरमा जनाइएको छ ।

महासचिव लम्सालले अधिवेशनबाट व्यवसायीको हितमा नीति तथा कार्यक्रम ल्याउनेलगायतका मुद्दा अगाडि सारिने बताउनुभयो । महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको जानकारी सो अवसरमा दिइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ६ : ०९ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र