बैंक र सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो नहुँदा उद्योगी व्यवसायी समस्यामा « Khabarhub

बैंक र सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो नहुँदा उद्योगी व्यवसायी समस्यामा


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजी क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि आउँदो २९ मतदान हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ ।

खबरहब, एभिन्युज खबर र रेडियो क्यान्डीडले काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको ‘नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन विशेष ‘ककस’ कार्यक्रम’ मा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, लगायत सातै प्रदेशका अध्यक्ष, साना तथा मझौला उद्योगका अध्यक्षहरूले उक्त निर्वाचनका बारेमा धारणा व्यक्त गरेका हुन् ।

उक्त कार्यक्रममा खबरहका अध्यक्ष नरेश श्रेष्ठले निर्वाचनमा उठेका उम्मेदवारहरूलाई शुभकामना दिँदै कार्यक्रमको सुरुवात गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मुख्यतया वरिष्ठ उपाध्यक्षका उम्मेदवारमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघर्डले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले नयाँ युगको आवश्यकता अनुरूप जोस र जाँगरका साथ आफूले उम्मेदवारी दिएको बताए ।

उनले भने ‘देशमा भएको चरम तरलताको अभाव, उच्च ब्याजदर लगायतका समस्याहरूमा बढी केन्द्रीत भएर काम गर्ने छु’

उनले देशको अर्थतन्त्रमा ८० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई सरकारले फोकस गर्नु पर्ने बताउदै अगामी दिनमा सरकारलाई निजी क्षेत्रका हरेक समस्याका बारेमा ज्ञापन पत्र बुझाउने र सम्बन्धित निकायका विज्ञसँगै बसेर टेबुलबाट नै वार्ता गर्ने बताएका छन् ।

उनले नेपाल उद्योग वाणिज्य महासङ्घका पुराना नियम कानूनमा ऐतिहासिक सुधार गर्ने समेत बताएका हुन् ।

उमेशलाल श्रेष्ठ

अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार अंञ्जन श्रेष्ठले निजी क्षेत्रलाई जीवन्त र जोसिलो बनाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी दर्ता भएकाे बताएका छन् ।

उनले भने ‘अहिले सरकारले साधारण खर्च समेत धान्न नसक्ने अवस्था सिर्जना भइरहदा पीडित निजी क्षेत्रलाई जीवन्त बनाउने र पीडितलाई न्याय दिनु पर्छ । ’

उनले राज्य वा समाजकालागि निजी क्षेत्रले उत्तरदायिपुर्ण र जीम्मेवार भएर काम गर्ने छौँ ।

अंञ्जन श्रेष्ठ

त्यसै गरी उक्त कार्यक्रममा जिल्ला नगर तर्फका उपाध्यक्ष पदका उम्मेदवार दिनेश श्रेष्ठले यो देशमै केही गरेर खाऊ भन्ने युवाका लागि देशमै सहज वातावरण बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताए ।

उनले भने, ‘आर्थिक वर्ष लाग्दै गर्दा सबै उद्योगीलाई ऋण कसरी तिर्ने भन्ने पिरले सताएको छ । त्यो समाधानका लागि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइ समस्या समाधान गर्ने छौँ’ ।

कार्यक्रममा बस्तुगत उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले बैंक र सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो नहुँदा उद्योगी व्यवसायीहरूले समस्या भोग्नु परेको गुनासो गरे ।

उनले भने, ‘अझै पनि सरकार र बैंकले यो समस्या सुधार नगरे बैसाखबाट उद्योगीहरू नयाँ वर्ष मनाउने हैन सडकमा आन्दोलन गर्ने अवस्थामा आउँछन्’ ।

कार्यक्रममा  एभिन्युज खबर टेलिभिजनका अध्यक्ष भास्कर राज राजकर्णिकारले  जिल्ला नगर उद्योगहरूलाई सांगठिक सुधार गर्ने प्रयास छ कि छैन, सङ्घीयताको मर्म अनुसार महासंघले कामहरू के कसरी जिल्ला नगर सम्म पुर्‍याउने नीतिहरू ल्याउनु भएको छ ? महास‌ंघमा ठुला उद्याेगीहरु मात्र हाल सम्म अध्यक्ष बन्ने प्रचलन  जिल्ला नगर उद्योग महासङ्घका अध्यक्ष बनाउने नयाँ लक्ष्य कसरी ल्याउने ? सबैले प्रतिस्पर्धामा जान  शुभकामना  दिँदै २४ घण्टा अगाडि सर्वसम्मत नेतृत्वको लागि सफल बन्न आग्रह गरे ।

उक्त कार्यक्रम एभिन्युज खबर र रेडियो क्यान्डीडबाट प्रत्यक्ष प्रसारण भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ७ : २९ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति