मनसुनपूर्व तयारी र सतर्कता अपनाउन ध्यानाकर्षण « Khabarhub

मनसुनपूर्व तयारी र सतर्कता अपनाउन ध्यानाकर्षण


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टी अन्तर्गतको विपद् व्यवस्थापन विभागले तीनैै तहका सरकार तथा सरोकारवालाहरूलाई मनसुनपूर्व तयारी र सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

बिहीबार पार्टीको केन्द्रिय कार्यालयमा विभागका प्रमुख डा गङ्गालाल तुलाधरको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएको हो ।

बर्सातको समयमा बाढी पहिराले धनजनको क्षति हुने तथा यातायात अवरुद्ध हुने हुँदा अत्यावश्यक औषधीलगायत दैनिक उपभोगका सामाग्रीहरूको अभाव हुने भन्दै बेलैमा त्यसप्रति चनाखो र सचेत भई आवश्यक भण्डारण गर्नुपर्ने विभागका प्रमुख डा तुलाधरले बताए । उनले भने, “मनसुनपूर्व तयारी र सतर्कता अपनाउन पूर्वसूचना प्रणालीलाई विशेष जोड दिइनु पर्ने तथा पूर्वसूचना प्रणाली राडर राख्न र भइरहेका त्यस्ता उपकरणहरूको अपडेट गरिनु पर्छ ।”

यसैगरी आगामी बैठकमा विपद् पूर्वतयारी जोखिम न्यूनीकरणलाई विशेष प्राथमिकताका साथ बजेटिङ गर्न तीनै तहका सरकारलाई प्रतिबद्धता जाहेर गर्न सहकार्य र समन्वय गर्न जरुरी रहेको विभागका सचिव सूर्यबहादुर थापाले बताए ।

यस क्रममा सबै राजनैतिक दलहरू पनि राजनीतिभन्दा माथि उठेर जिउ धनको सुरक्षा र भौतिक क्षति न्यूनीकरण गर्ने गरी विभागको सक्रियतामा पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय भएको उक्त विभागले जनाएको छ ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत स्रोत साधनसहित सबलीकरण गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : ०७ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि