संविधानको रक्षा र गणतन्त्र संस्थागत गर्न सत्ता गठबन्धन : माधव नेपाल « Khabarhub

संविधानको रक्षा र गणतन्त्र संस्थागत गर्न सत्ता गठबन्धन : माधव नेपाल


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र गणतन्क्रलाई संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताएका छन् ।

बाराको सिम्रौनगढको कचोर्वामा आयोजना गरिएको अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको विस्तारित बैठकमा उनले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्नेमा आफू आशावादी रहेको बताए ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मको प्राप्त उपलब्धिलाई समाप्त गर्नका लागि दुईपल्ट सदन विघटन गरेर मुलुकमा एकतन्त्रीय शासन व्यवस्था लाद्न खाजेको आरोप लगाए ।

किसान अर्थतन्त्रको आधारशिला भएको भन्दै अध्यक्ष नेपालले किसानको खेतीमा सहजरूपमा सिँचाइ पुर्याउन मेचीदेखि महाकालीसम्म नहरको निर्माण गर्न सरकार लागि परेको जानकारी दिए । सिँचाइको अभावमा देशभर जग्गा धेरै नै बाँझो हुने भन्दै उहाँले नहर निर्माणले किसानको सो समस्या समाधान हुने बताए ।

नेपालका युवाले विदेशमा गएर कृषिको काम गर्नुपर्ने बाध्यता सिर्जना भइरहेको हुँदा नेपालमा नै युवालाई कृषिमा रोजगारीको ग्यारेण्टी गर्न सरकारले गृहकार्य सुरु गरेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले मिटरब्याजीका कारण कतिपय व्यक्ति घरवारविहीनको अवस्थामा पुगेका र कतिपयले ज्यानसमेत गुमाएको हुँदा मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : २८ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक