संविधानको रक्षा र गणतन्त्र संस्थागत गर्न सत्ता गठबन्धन : माधव नेपाल « Khabarhub

संविधानको रक्षा र गणतन्त्र संस्थागत गर्न सत्ता गठबन्धन : माधव नेपाल


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र गणतन्क्रलाई संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताएका छन् ।

बाराको सिम्रौनगढको कचोर्वामा आयोजना गरिएको अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको विस्तारित बैठकमा उनले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्नेमा आफू आशावादी रहेको बताए ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मको प्राप्त उपलब्धिलाई समाप्त गर्नका लागि दुईपल्ट सदन विघटन गरेर मुलुकमा एकतन्त्रीय शासन व्यवस्था लाद्न खाजेको आरोप लगाए ।

किसान अर्थतन्त्रको आधारशिला भएको भन्दै अध्यक्ष नेपालले किसानको खेतीमा सहजरूपमा सिँचाइ पुर्याउन मेचीदेखि महाकालीसम्म नहरको निर्माण गर्न सरकार लागि परेको जानकारी दिए । सिँचाइको अभावमा देशभर जग्गा धेरै नै बाँझो हुने भन्दै उहाँले नहर निर्माणले किसानको सो समस्या समाधान हुने बताए ।

नेपालका युवाले विदेशमा गएर कृषिको काम गर्नुपर्ने बाध्यता सिर्जना भइरहेको हुँदा नेपालमा नै युवालाई कृषिमा रोजगारीको ग्यारेण्टी गर्न सरकारले गृहकार्य सुरु गरेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले मिटरब्याजीका कारण कतिपय व्यक्ति घरवारविहीनको अवस्थामा पुगेका र कतिपयले ज्यानसमेत गुमाएको हुँदा मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : २८ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ