क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा मेस्सीद्वारा गल्ती स्विकार « Khabarhub

क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा मेस्सीद्वारा गल्ती स्विकार


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टाइन स्टार फुटबलर लियोनेल मेस्सीले क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा गल्ती स्विकार गरेका छन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिबनै साउदी अरब गएकोमा मेस्सीले आफ्नो गल्ती स्विकार गर्दै माफी मागेका हुन् । बिना अनुमति साउदी अरब गएकोमा क्लबले उनलाई दुई साताका लागि निलम्बनसमेत गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, म त्यही पर्खिरहेको छु ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । सो सम्झौताअनुसार उनले अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् । यससँगै उनी क्लब छाड्ने तयारीमा रहेको बताइन्छ ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन दूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाइरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ०९ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको