सात वर्षमा ३० बाघ मरे « Khabarhub

सात वर्षमा ३० बाघ मरे


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् ।

आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले र आठ पोथी छन् ।

आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ । उनका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत भेटिएको थियो । आव २०७६/०७७ मा तीन, २०७७/०७८ मा दुई र २०७८/०७९ मा छ वटा बाघ मृत भेटिएका थिए । चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ । सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताए ।

निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ५९ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच