बेलायती नरेश चार्ल्स तृतीयको राज्याभिषेक आज « Khabarhub

बेलायती नरेश चार्ल्स तृतीयको राज्याभिषेक आज


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायती नरेश चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ  । लण्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ श्रीपेच पहिराइने छ ।

सो समारोहमा भाग लिन विश्वभरबाट दुई हजारभन्दा धेरै अति विशिष्ट पाहुनाहरु बेलायत पुगेका छन् । यसरी आउने पाहुनाहरुमा विभिन्न देशका राजा एवम् राजपरिवारका सदस्यहरु, विभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी छन् ।

आज हुने विशेष समारोहमा राजा चार्ल्स एवम् रानी क्वीन कन्सोर्ट क्यामिलालाई श्रीपेच पहिर्‍याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २.२३ किलोग्राम तौल भएको सुन र हीरा जवाहरातजडित श्रीपेच राजा चार्ल्सको शिरमा पहि¥याइनेछ ।

सो श्रीपेच यसअघि सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।

महारानी एलिजाबेथको निधन भएपछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ९ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार