स्याङ्जाको चापाकोटमा पानीको अभाव हट्दै « Khabarhub

स्याङ्जाको चापाकोटमा पानीको अभाव हट्दै


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वालिङ- बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ ।

जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो, तब यहाँका गाउँलेको दैनिकी फेरिएको छ । बिहानै उठेर कुवामा पानी भर्न जाने स्थानीय जूना सिञ्जालीजस्तै धेरैमा एक गाग्री पानीका लागि लामो समय तथा परिश्रम गर्नुपर्ने बाध्यता रहेको थियो ।

“खानेपानीकै ठूलो समस्या थियो बस्तुभाउ र सिँचाइका लागि त कुरै छाडौँ”, सिञ्जालीले भनिन्, “अहिले गाउँका सबै घरमा खानेपानीको धारामार्फत निरन्तर पानी आउछ, धेरै राहत भएको छ ।”

गाउँमा खानेपानी समस्या भएपछि करिब छ वर्षअघिदेखि योजनाको काम थालिएको वीरडाँडा–मैदान खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन रानाले बताए ।

वीरडाँडा, मैदान, पल्ली गाउँ र रिपका गरी ६५ घरधुरीमा एक घर–एक धारा निर्माण गरी खानेपानी वितरण गरिएको अध्यक्ष रानाले बताए । मूलदेखि एकसय १७ मिटर ‘भर्टिकल’ उचाइमा विद्युतमार्फत पानी तानेर पल्ली गाउँ तथा वीरडाँडामा निर्माण गरिएका ट्याङ्कीबाट घर–घरमा पानी पुर्‍याइएको हो ।

“गाउँमा भएका कुँवाबाट पानी खानुपर्थ्यो, सफा हुँदैनथ्यो, त्यही पनि फागुनदेखि जेठसम्म पानी पुग्थेन”, अध्यक्ष रानाले भने, “मान्छेलाई खानसमेत पानी कहिले पाइन्थ्यो कहिले पाइन्नथ्यो, राति धेरै नसुतेरै पानीको जोहो गर्न जानुपर्थ्यो ।”

पशु चौपायालाई खोलामा लगेर पानी खुवाउनुपर्ने बाध्यता थियो । घर–घरमै मिटर जडान गरेर २४ सैँ घण्टा पानी वितरण गरिएको छ । न्यूनतम युनिटसम्म रु एकसय प्रतिघर उठाउने र न्यूनतमभन्दा माथि पानी प्रयोग गर्नेलाई प्रतियुनिट रु दशका दरले थप गर्दै लगिने अध्यक्ष रानाले बताए ।

गण्डकी प्रदेश सरकारको रु ९१ लाख २० हजार, स्थानीय जनश्रमदान रु दश लाख १० हजार गरी कूल रु एक करोड एक लाख ३० हजारमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ११ : २० बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म