मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु « Khabarhub

मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुस्ताङको थासाङ १ टुकुचेमा शनिबार बिहान करिब ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माणस्थलतर्फ लैजाँदै गर्दा ग १ त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा धौलागिरी गाउँपालिका ३ दरक बस्ने ३४ वर्षीय तकबहादुर बुढाको इन्जिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । ट्याक्टर थासाङ २ बस्ने नगेन्द्र फगानीको रहेको बताइएको छ ।

टयाक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १२ : ०९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु