बालिका बलात्कार आरोपमा दुई जना पक्राउ « Khabarhub

बालिका बलात्कार आरोपमा दुई जना पक्राउ


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको आज जनाएको छ । पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीया शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १२ : ५५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको