स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोशीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन् । उनले स्वास्थ्य बीमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गन बताए ।

मन्त्री बस्नेतले देशभरका अस्पतालको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रित गर्ने जिकिर गरे । उनले यसै वर्षदेखि मुलुकमा मल स्थापना गर्नका लागि पनि आवश्यक बजेट बिनियोजनका लागि पहल गर्ने बताए । मन्त्री बस्नेतले सबै मिलेर देशमा लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

कांग्रेस नेता समेत रहेका बस्नेतले कांग्रेसलाई एक ढिक्का बनाएर मुलुकमा देखिएका चुनौति सामना गर्न तयार हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ५३ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको